नियम ३१
रोजगारदाताले करकट्टी गर्ने तरिका
कुनै रोजगारदाताले ऐनको दफा ८७ को उपदफा (१) बमोजिम रोजगारीबाट अग्रिम कर कट्टी गर्दा देहायबमोजिम गर्नु पर्नेछः–
(क) ऐनको दफा ५१ बमोजिम औषधी उपचार बापत कर मिलान गर्न पाउने भए त्यसलाई मिलान गर्न सक्ने, र
(ख) कर्मचारी वा कामदारको वार्षिक पारिश्रमिकमा लाग्ने करको दामासाहीको हिसाबले मासिक रूपमा अग्रिम कर कट्टी गर्नु पर्ने ।